Logo

२०८३ कार्तिक १५ गते आइतवार

२०८३ कार्तिक १५ गते आइतवार

नेपालको स्तरोन्नतिमा लाग्यो ब्रेक, विकासशील देश बन्ने कार्यक्रम सन् २०३० सम्मका लागि स्थगित

नेपालको स्तरोन्नतिमा लाग्यो ब्रेक, विकासशील देश बन्ने कार्यक्रम सन् २०३० सम्मका लागि स्थगित


  • 1.2K
    Shares

    नेपालको स्तरोन्नतिमा लाग्यो ब्रेक, विकासशील देश बन्ने कार्यक्रम सन् २०३० सम्मका लागि स्थगित
    images

    काठमाडौं । नेपालले अति कम विकसित मुलुक (एलडीसी) बाट विकासशील मुलुकमा स्तरोन्नति हुने कार्यक्रमलाई तत्कालका लागि स्थगित गरेको छ । विश्वमा बढ्दै गएको द्वन्द्व र त्यसका कारण सिर्जित आर्थिक चुनौतीहरूलाई मुख्य कारण देखाउँदै सरकारले यो प्रक्रिया तत्कालका लागि अगाडि नबढाउने निर्णय गरेको हो ।

    परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर क्षेत्रीले अति कम विकसित राष्ट्रहरूको सूचीबाट विकासशील देशमा स्तरोन्नति हुने विषयलाई हालका लागि स्थगित गरिएको जानकारी दिएका छन् । नेपालले यसअघि सन् २०२४ को नोभेम्बरसम्ममा विकासशील देशको सूचीमा स्तरोन्नति हुने लक्ष्य राखेको थियो । 

    विद्यमान प्रतिकूल परिस्थितिका कारण उक्त लक्ष्यलाई ६ वर्ष पछाडि धकेल्दै सन् २०३० को नोभेम्बरसम्मका लागि सारिएको छ । यस निर्णयबारे परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्र संघलाई समेत औपचारिक रूपमा जानकारी गराइसकेको प्रवक्ता क्षेत्रीले प्रस्ट पारेका छन् ।

    स्तरोन्नति प्रक्रिया स्थगित गर्नुका पछाडि मन्त्रालयले आन्तरिक तथा बाह्य आर्थिक सूचकहरूको प्रतिकूलतालाई प्रमुख कारण मानेको छ । विश्वमा बढ्दै गएको द्वन्द्वका कारण आपूर्ति शृङ्खलामा गम्भीर असर परेको, वैदेशिक रोजगारीमा ह्रास आएको र रेमिट्यान्स प्रवाहमा समेत प्रभाव परेको मन्त्रालयको निष्कर्ष छ । यसका साथै विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर २।३ प्रतिशतभन्दा माथि जान नसक्ने प्रक्षेपण गर्नु अर्को चुनौतीपूर्ण कारक बनेको छ ।

    विकासशील राष्ट्रमा स्तरोन्नति हुनासाथ नेपालले अति कम विकसित देशको रूपमा अन्तर्राष्ट्रिय बजारमा पाउँदै आएको भन्सार छुट र कोटा फ्री जस्ता व्यापारिक सुविधाहरू गुम्ने खतरा रहेको । वर्तमान अवस्थामा यी सुविधाहरू गुम्दा नेपाली अर्थतन्त्रमा थप सङ्कट आउन सक्ने आकलन सरकारको छ ।   

    प्रकाशित मिति :जेठ ८ २०८३ शुक्रवार - १५:४५:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij