२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रवार शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १६.३८ अंकले बढेर २,७५८ को विन्दुमा कायम भएको छ ।
आज २०२ कम्पनीको शेयर मूल्य बढेको छ भने ५९ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३३६ कम्पनीको १ करोड ८ लाख ८८ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४९ करोड माथिको शेयर कारोबार भएको छ ।
आज हाइड्रो समूह सबैभन्दा धेरै १.२९ प्रतिशतले बढ्दा ट्रेडिङ बाहेक अरू सबै समूहका सूचक बढेका छन् । ट्रेडिङ समूह भने ०.४२ प्रतिशतले घटेको छ ।
आज सबैभन्दा बढी नाफा कमाउनेमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको देखिएको छ । जसको शेयर मूल्य १४.८१ प्रतिशतले बढेको छ । त्यस्तै, मैलुङ इनर्जीको मूल्य ९.६४ प्रतिशत र आँखुखोला जलविद्युतको मूल्य ६.९३ प्रतिशतले वृद्धि भएको छ।
आज सबेभन्दा धेरै आँखुखोला जलविद्युत कम्पनीको ४३ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको २४ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको १६ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij