Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सरकारले जवाफ नदिएको भन्दै राष्ट्रियसभामा आपत्ति

सरकारले जवाफ नदिएको भन्दै राष्ट्रियसभामा आपत्ति


  • 743
    Shares

    सरकारले जवाफ नदिएको भन्दै राष्ट्रियसभामा आपत्ति
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेको ५६ दिनसम्म पनि राष्ट्रिय सभाका सदस्यहरूले सदनमा उठाएको प्रश्नको जवाफ नदिएपछि आपत्ति जनाएका छन् । राष्ट्रियसभाको बैठकमा सांसदहरूले ढुङ्गो बोल्ला माटो बोल्ला तर सरकार नबोलेको भन्दै आपत्ति जनाएका हुन् । 

    राष्ट्रियसभा बैठकमा नेपाली कम्युनिस्ट पार्टीका नरबहादुर विष्ट र एमालेका सोमनाथ पार्तेलले जनप्रतिनिधिले जनताले भोगिरहेका समस्याबारे उठाएका विषयको जवाफ दिनुपर्ने बताएका छन् । 
     
    उनले जनप्रतिनिधिले उठाएका विषयमा जवाफ दिन रुलिङ गर्न पनि सभाध्यक्षमार्फत माग गरेका छन् । सांसद विष्टले सरकार बनेको ५६ दिनसम्म राष्ट्रियसभामा उठेका प्रश्नको जवाफ नदिनु उपयुक्त नहुने बताएका छन् ।

     

    प्रकाशित मिति :जेठ ८ २०८३ शुक्रवार - १५:१०:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij