Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

व्यापार घाटा १४ खर्ब नाघ्दा कुल वैदेशिक व्यापार १९ खर्ब माथि

व्यापार घाटा १४ खर्ब नाघ्दा कुल वैदेशिक व्यापार १९ खर्ब माथि


  • 3.7K
    Shares

    व्यापार घाटा १४ खर्ब नाघ्दा कुल वैदेशिक व्यापार १९ खर्ब माथि
    images

    काठमाडौं । चालु आर्थिक वर्ष २०८२\८३ को पहिलो १० महिना (साउन-वैशाख) मा नेपालको वैदेशिक व्यापारमा वृद्धि भएको छ । निर्यातको तुलनामा आयातको वृद्धिदर उच्च हुँदा मुलुकको व्यापार घाटा पनि करिब १५ प्रतिशतले बढेको छ ।

    भन्सार विभागले सार्वजनिक गरेको १० महिनाको तथ्याङ्कअनुसार यस अवधिमा नेपालको कुल वैदेशिक व्यापार १४.७५ प्रतिशतले बढेर १९ खर्ब ४१ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष २०८१\८२ को सोही अवधिमा कुल व्यापार १६ खर्ब ९२ अर्ब ९ करोड रुपैयाँ बराबरको थियो ।

    चालु आर्थिक वर्षको १० महिनामा १६ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १४.८२ प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिमा १४ खर्ब ७४ अर्ब १८ करोडको आयात भएको थियो ।

    निर्यात १४.२५ प्रतिशतले वृद्धि भई २ खर्ब ४८ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा २ खर्ब १७ अर्ब ९१ करोडको निर्यात भएको थियो। यद्यपि, आयातको तुलनामा निर्यातको आयतन अत्यन्तै न्यून रहेको तथ्याङ्कले देखाउँछ ।

    आयातमा भएको उच्च वृद्धिका कारण मुलुकको व्यापार घाटा १४.९२ प्रतिशतले बढेर १४ खर्ब ४३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । नेपालको कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८७.१८ प्रतिशत पुगेको छ भने निर्यातको हिस्सा घटेर १२.८२ प्रतिशतमा सीमित भएको छ । 

     

    प्रकाशित मिति :जेठ ८ २०८३ शुक्रवार - १४:३३:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij