Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

जेठ १४ देखि लगातार ४ दिन सार्वजनिक बिदा

जेठ १४ देखि लगातार ४ दिन सार्वजनिक बिदा


  • 1.3K
    Shares

    जेठ १४ देखि लगातार ४ दिन सार्वजनिक बिदा
    images

    काठमाडौं । जेठ १४ गतेदेखि ४ दिन लगातार सार्वजनिक बिदा परेको छ । गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।

    गृह प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा राजपत्रमा प्रकाशित सूचना अनुसार इश्लाम धर्मालम्बीहरूको बकर ईद (ईद-उल-अज्हा) को दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको र १४ गते सो चाड रहेकोले बिदा दिने निर्णय भएको जानकारी दिएका छन् ।

    जेठ १५ गते गणतन्त्र दिवसको बिदा दिने यसअघि नै राजपत्रमा प्रकाशित छ । १६ गते शनिबार र १७ गते आइतबार सार्वजनिक बिदा हुन्छ । त्यसले गर्दा १४ देखि १७ गतेसम्म ४ दिन लगातार बिदा परेको हो ।  

     

    प्रकाशित मिति :जेठ ८ २०८३ शुक्रवार - १३:१२:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij