Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सरकारले रोक्यो देशैभरि नयाँ सार्वजनिक सवारी साधनको दर्ता

सरकारले रोक्यो देशैभरि नयाँ सार्वजनिक सवारी साधनको दर्ता


  • 1.4K
    Shares

    सरकारले रोक्यो देशैभरि नयाँ सार्वजनिक सवारी साधनको दर्ता
    images

    काठमाडौं । सरकारले देशैभर सार्वजनिक सवारी साधनको नयाँ दर्ता पूर्णरूपमा रोकेको छ । यातायात व्यवस्था विभागले सातै प्रदेशका मन्त्रालयहरू र देशैभरिका स्थानीय तहलाई पत्राचार गर्दै अर्को सूचना नभएसम्मका लागि नयाँ सार्वजनिक सवारी साधनको दर्ता रोक्न भनेको हो ।

    सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा अत्यधिक वायु प्रदूषण बढेको, सडकमा सवारीको चाप र ट्राफिक जामले आवतजावतमा चरम कठिनाइ थपेकोले यस्तो निर्णय लिइएको विभागको भनाइ छ । इन्धनको बढ्दो मूल्यका कारण सार्वजनिक सवारी र समग्र यातायात क्षेत्रमा परेको असहज परिस्थितिलाई सम्बोधन गर्न पनि नयाँ दर्ता रोकेर मौजुदा प्रणालीलाई नै व्यवस्थित गर्नुपर्ने पत्रमा उल्लेख छ ।

    ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को दफा २४ को उपदफा (३) ले दिएको विशेष अधिकार प्रयोग गर्दै यो निर्णय गरेको जनाएको छ। उक्त कानुनी प्रावधानमा वातावरण प्रदूषण, सवारीको चाप, सडकको स्थिति र सार्वजनिक हितलाई ध्यानमा राखेर विभागले कुनै पनि सवारी साधनको दर्ता रोक्का गर्न आदेश दिन सक्ने व्यवस्था छ ।

    सवारी दर्ता रोक्का ईभीका सार्वजनिक सवारी साधनको हकमा समेत लागू हुनेछ ।

    प्रकाशित मिति :जेठ ८ २०८३ शुक्रवार - ०७:१६:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij