Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

ठमेलबाट ९ विदेशी महिला पक्राउ

ठमेलबाट ९ विदेशी महिला पक्राउ


  • 2.2K
    Shares

    ठमेलबाट ९ विदेशी महिला पक्राउ
    images

    काठमाडौं । ठमेलबाट ९ विदेशी महिला पक्राउ परेका छन् । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले टोलीले विभिन्न तीन देशका ९ विदेशी महिलालाई पक्राउ गरेको हो । 

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार पक्राउ पर्नेहरू भियतनाम, बंगलादेश र युगाण्डाका महिलाहरू रहेका छन् । उनीहरूले स्वदेशी तथा विदेशी पर्यटकहरूलाई बाटो छेक्ने, अश्लिल हर्कत गर्ने, यौन क्रियाकलापका लागि मोलमलाई गर्ने गरेको प्रहरीले बताएको छ ।

    सर्वसाधारण तथा पर्यटकलाई दुख हैरानी दिएको जानकारी आएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

    यसअघि पनि ठमेल क्षेत्रबाट २० जना युगाण्डाका महिला पक्राउ परेका  थिए । उनीहरू पनि यस्तै यौन गतिविधिमा लागेको पाइएको थियो । जनही १० हजारमा छुटेका उनीहरूलाई अध्यागमनले डिपोट गरेको थियो ।

     

     

    प्रकाशित मिति :जेठ ७ २०८३ बिहिवार - १७:४८:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij