Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

गोरखाकी पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा

गोरखाकी पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा


  • 1.0K
    Shares

    गोरखाकी पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
    images

    काठमाडौं ।  गोरखाकी सगरमाथा आरोही पूर्णिमा श्रेष्ठले आफ्नै कीर्तिमानलाई थप उचाइमा पुर्‍याउँदै छैटौँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी छन् ।

    ‘सतोरी एड्भेञ्चर’को टोलीसँगै उनी बुधबार सफलतापूर्वक सगरमाथाको शिखरमा पुगेकी हुन् । यससँगै श्रेष्ठ नेपाली महिला आरोहीमध्ये धेरै पटक सगरमाथा आरोहण गर्नेमध्ये एक बनिन्।

    श्रेष्ठले यसअघि पनि एकै याममा तीन पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेकी थिइन् । उनले सन् २०२४ को मे महिनामा १३ दिनभित्र तीन पटक सगरमाथा आरोहण गर्दै ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा आफ्नो नाम दर्ज गराएकी थिइन् ।

    उनले सन् २०२४ मे १२, मे १९ र मे २५ मा लगातार तीन पटक सगरमाथाको शिखरमा पाइला टेकेकी थिइन् ।

    फोटो पत्रकारसमेत रहेकी श्रेष्ठ गोरखा जिल्लाको आरुघाट गाउँपालिका–आरुटार निवासी हुन्। उनको पछिल्लो सफलता नेपाली पर्वतारोहण क्षेत्रका लागि अर्को प्रेरणादायी उपलब्धिका रूपमा हेरिएको छ ।

    प्रकाशित मिति :जेठ ७ २०८३ बिहिवार - १७:२४:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij