Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

मीनबहादुरको दान एमालेले नलिने, बल्खुमै नयाँ कार्यालय बनाउने

मीनबहादुरको दान एमालेले नलिने, बल्खुमै नयाँ कार्यालय बनाउने


  • 2.1K
    Shares

    मीनबहादुरको दान एमालेले नलिने, बल्खुमै नयाँ कार्यालय बनाउने
    images

    काठमाडौं । नेकपा एमालेले भाटभटेनीका मालिक तथा व्यवसायी मीनबहादुर गुरुङले अनुदानमा बनाइदिने भनेको कार्यालय भवन नलिने भएको छ । जग्गा दानसहित भवन दिने गुरुङको प्रस्तावलाई नेकपा एमालेले धन्यावादसहित फिर्ता गर्ने भएको हो ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा प्रस्तुत गरेको प्रस्तावमा गुरुङले दान दिने भनिएको भवनको प्रस्ताव फिर्ता गरेर बल्खुमै कार्यालय बनाउने उल्लेख गरेको छ ।

    दानमा पार्टी कार्यालय लिन लागेको भन्दै यसअघि एमालेभित्र कतिपय नेताहरूले विरोध गरेका थिए । विरोध गरेकै कारण नेताहरू बिन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई एमालेले कारबाही नै गरेका थियो ।  

    प्रकाशित मिति :जेठ ७ २०८३ बिहिवार - १६:४२:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij