२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले बिहीबार प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री शाह प्रश्नोत्तर कार्यक्रममा सहभागी हुनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद् अवरुद्ध पारेसँगै अर्याल सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बालेन भेट्न पुगेका हुन्।
सभामुखकी प्रमुख स्वकीय सचिव मुना कुँवरले सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई भेटेर संसद् भवनमा फर्किसकेको जानकारी दिइन् । विपक्षी दलहरूले बिहीबारको सदन प्रधानमन्त्री शाह सांसदसँगको प्रश्नोत्तरमा सहभागी हुनुपर्ने माग गर्दै अवरुद्ध पारेका थिए ।
सबै विपक्षी दलहरूले प्रतिनिधि सभा नियमावलीको नियम ५६ बमोजिम प्रधानमन्त्रीको प्रश्नोत्तर हुनुपर्ने माग राखेर उठेपछि सभामुख अर्यालले प्रतिनिधि सभा १५ मिनेट स्थगित गरेर प्रधानमन्त्री शाहलाई भेट्न पुगेका हुन् । उनीहरू सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट भएको हो।
संसद्सँग सम्बन्धित विषयमा प्रधानमन्त्री र सभामुखबिच करिब आधा घण्टा कुराकानी भएको बताइएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij