Logo

२०८३ श्रावण १० गते आइतवार

२०८३ श्रावण १० गते आइतवार

‘१०० वुमन इन बिजनेस’ कार्यक्रम शुरु, महिलालाई उद्यमशीलतामा जोड्ने लक्ष्य

‘१०० वुमन इन बिजनेस’ कार्यक्रम शुरु, महिलालाई उद्यमशीलतामा जोड्ने लक्ष्य


  • 967
    Shares

    • images
    ‘१०० वुमन इन बिजनेस’ कार्यक्रम शुरु, महिलालाई उद्यमशीलतामा जोड्ने लक्ष्य
    images

    काठमाडौं । महिला सशक्तिकरण र उद्यमशीलतालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ सञ्चालित संस्था सिस्टरहुड क्लोथिंगले आफ्नो नयाँ तथा महत्वाकांक्षी कार्यक्रम ‘१०० वोमन इन विजनेस’को औपचारिक रुपमा शुभारम्भ गरेको छ । 

    बिहीवार काठमाडौँमा एक कार्यक्रमका बीच विभिन्न क्षेत्रका सफल र उत्साही महिलाहरूको उपस्थितिमा ‘१०० वोमन इन विजनेस’को शुभारम्भ गरिएको हो । फरक फरक पृष्ठभुमिका १०० जना महिलाहरूलाई एउटै टिममा आवद्ध गरी व्यावसायिक सहकार्य र क्षमता अभिवृद्धि गर्ने यस व्यवसायिक सहकार्यको उद्देश्य रहेको सिस्टरहुडकी संस्थापक तथा सिइओ एञ्जेला श्रेष्ठले बताइन्। 

    महिलाहरुबीच व्यावसायिक सहकार्य, अनुभव आदान-प्रदान र क्षमता अभिवृद्धि गर्ने लक्ष्यसहित व्यवसायको शुरुवात गरिएको श्रेष्ठको भनाइ छ । उनका अनुसार कार्यक्रममा सहभागी महिलाहरूलाई व्यवसाय सञ्चालन, डिजिटल मार्केटिङ, नेटवर्किङ र उत्पादन प्रवद्र्धनका क्षेत्रमा सहकार्य गरिनेछ । 

    उनले भनिन्, ‘हामीहरुको मुख्य उद्देश्य भनेको हामीले अनलाइनबाटै विजनेश गर्ने हो । हामी शुद्ध विजनेश नै गर्ने हो । हामी कुनै सोसियल वर्क गर्न आएको होइन । हामीले यस व्यवसायमा महिला सशक्तिकरणसँग जोडेका छौँ । तर हामीले सबैले एफोर्ड गर्नसक्ने गरेर एकदमै सस्तोमा विक्रीका लागि राखेका छौँ ।’

    उनले काठमाडौंदेखि अनलाइन माध्यमबाट मात्र महिलाहरूले लगाउने गुणस्तरीय र आधुनिक कपडाहरू सर्वसुलभ मूल्यमा उपलब्ध गराउने बताइन् ।   

    images
    प्रकाशित मिति :जेठ ७ २०८३ बिहिवार - १४:४३:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij