२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष र सदस्य पदमा दरखास्त दिने उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ। मन्त्रालयले बिहीबार अध्यक्षमा दाबेदारी दिएका ३२ जनाको नामावली सार्वजनिक गरेको हो।
रिक्त चार सदस्यका लागि आवेदन दिएकाहरुको नामावली पनि मन्त्रालयले सार्वजनिक गरेको छ। सदस्यमा ३३ जनाको आवेदन परेको हो।
बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ल्याएपछि १५ सय ३४ राजनीतिक नियुक्ति पाएकाहरु पदमुक्त भएका थियो।
राष्ट्रपतिले अध्यादेश जारी गरेपछि मन्त्रालयले वैशाख २१ गते आफू मातहत रहेको दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारी तथा सदस्यहरु कृष्णप्रसाद पोख्रेल, नवराज अधिकारी, रविन्द्र झा र गोकर्णप्रसाद सिटौलालाई स्वत: पदमुक्त गरेको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij