Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

एक हप्ताभित्र सरकारले बाँदर आतंक नियन्त्रण नगरे सांसद बैठक चल्न दिँदैनौँः एमाले सांसद राई

एक हप्ताभित्र सरकारले बाँदर आतंक नियन्त्रण नगरे सांसद बैठक चल्न दिँदैनौँः एमाले सांसद राई


  • 953
    Shares

    एक हप्ताभित्र सरकारले बाँदर आतंक नियन्त्रण नगरे सांसद बैठक चल्न दिँदैनौँः एमाले सांसद राई
    images

    काठमाडौं । प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद राजेन्द्रकुमार राईले एक हप्ताभित्र सरकारले बाँदर आतंक नियन्त्रणका लागि ठोस कदम नचाल्ने संसद बैठक चल्न नदिने चेतावनी दिएका छन् । 

    सांसदहरुले यस समस्याबारे बारम्बार संसदमा कुरा उठाउँदा पनि सरकार गम्भिर नभएको भन्दै उनले सो समस्या समाधान लागि ७ दिनभित्र पनि उचित कदम नचाले संसद बैठक संचालनमा कठिनाई हुने बताएका छन् । बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद राईले बाँदरले जनजीवनमा ठूलो कष्ट दिएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्ने कुरामा सरकार गम्भिर बन्नुपर्ने बताएका छन्। 

    उनले बदमासी गर्ने नागरिकलाई नियन्त्रणमा लिने सरकारले किन जनतालाई सास्ती दिने बाँदरलाई नियन्त्रण गर्न नचाहेको हो ? भनि प्रश्न समेत गरेका छन् । 

    सांसद राईले भने,‘ अव सात दिन भित्रमा बाँदरको समस्या समाधान भएन भने यसलाई कसरी समाधान गर्ने रु चाहे कानूनी होस, चाहे कुन माध्यमबाट भएपनि सरकारले नियन्त्रण गरेन भने सबै सांसदहरुले यस बारेमा कुरा चलाउनु हुनेछ, संसद चल्न गाह्रो हुनेछ ।’

    सांसद राईले बाँदरको आतंकबाट नागरिकलाई छुटकारा दिन  सरकारले जुनसुकै कदम चाल्न पनि पछि पर्न नहुने बताएका छन् । 

    प्रकाशित मिति :जेठ ७ २०८३ बिहिवार - १२:३१:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij