Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बालिका बलात्कार गरेको आरोपमा शैलुङ घुम्न आएका युवक पक्राउ

बालिका बलात्कार गरेको आरोपमा शैलुङ घुम्न आएका युवक पक्राउ


  • 1.1K
    Shares

    बालिका बलात्कार गरेको आरोपमा शैलुङ घुम्न आएका युवक पक्राउ
    images

    काठमाडौं । दोलखाको शैलुङमा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा धनुषाका एक युवक पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक तथा प्रवक्ता श्रीराम तिमल्सिनाका अनुसार पक्राउ पर्नेमा धनुषाको बटेश्वर गाउँपालिका-१ का २१ वर्षीय अन्जन लामा छन् । उनलाई जिल्ला प्रहरी कार्यालय दोलखाको टोलीले शैलुङ क्षेत्रबाट पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार युवक शैलुङ घुम्न आएका बेला करिब १५ वर्षीय नाबालिकालाई करणी गरेको आरोपमा उजुरी परेपछि लामालाई पक्राउ गरेको हो ।

    घटनाबारे बालिकाका आफन्तले प्रहरीलाई खबर गरेका थिए । पीडित बालिकाको स्वास्थ्य अवस्था हाल सामान्य रहेको प्रहरीले जनाएको छ । 

    प्रकाशित मिति :जेठ ७ २०८३ बिहिवार - १२:०४:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij