२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले सरकार र प्रधानमन्त्री संसद्प्रति जवाफदेही नभएको भन्दै आपत्ति जनाएका छन् ।
आज एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा राईले वर्तमान सरकारले संसदीय मर्यादाको उल्लंघन गरेको र जनताको मतद्वारा निर्मित संसद्लाई बेवास्ता गरेको आरोप लगाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री र अन्य मन्त्रीहरू संसद्मा उपस्थित नहुनु र उठेका प्रश्नहरूको जवाफ नदिनुले विधि सम्मत संसद् चलिरहेको छैन भन्ने पुष्टि हुन्छ । यो प्रतिनिधि सभा सञ्चालन नियमावली १५९२० को बर्खिलाप हो ।
सांसद राईले धेरै प्रयासपछि संसद्मा उपस्थित भएका दुई जना मन्त्रीहरूले पनि अत्यन्तै सतही जवाफ दिएको र आफू लगायत श्रम संस्कृति पार्टीका सांसदहरूले थप प्रश्न सोध्न खोज्दा सभामुखले रोकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
आफूले गत बैशाख २८ र २९ गते राखेका कुनै पनि प्रश्नको उत्तर सरकारले नदिएको दाबी गर्दै उनले यस घटनालाई लोकतन्त्र र संसदीय अभ्यासको इतिहासमा कालोधब्बाको संज्ञा दिएका छन् ।
सभामुखको भूमिकाप्रति पनि प्रश्न उठाउँदै राईले भने, प्रधानमन्त्रीलाई सदनमा ल्याउन नसक्ने सभामुखले प्रतिपक्ष दलका नेतालाई बारम्बार नियम घोकाइरहनु निन्दनीय र हास्यास्पद देखिन्छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij