Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

डाबर नेपालको मह गुणस्तरहीन, बजारमा बिक्री नगर्न आदेश

डाबर नेपालको मह गुणस्तरहीन, बजारमा बिक्री नगर्न आदेश


  • 2.7K
    Shares

    डाबर नेपालको मह गुणस्तरहीन, बजारमा बिक्री नगर्न आदेश
    images

    काठमाडौं । डाबर नेपाल प्रा. लि. ले उत्पादन गरेको मह गुणस्तरहीन भेटिएकाले बजारमा बिक्री खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आदेश दिएको छ । बजारमा बिक्री भइरहेको डाबर ब्राण्डको मह तत्काल बजारबाट फिर्ता गर्नसमेत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आदेश दिएको छ ।

    खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जारी गरेको सूचनाअनुसार बजार अनुगमन तथा नमुना परीक्षणका क्रममा डाबर ब्राण्डको ५ सय ग्राम प्याकेटको मह गुणस्तर मापदण्डअनुसार नभएको भेटिएको हो । विभागले ब्याच नम्बर ‘NB00477’ रहेको उक्त मह प्रयोगशाला परीक्षणमा प्रतिकूल देखिएपछि बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको विभागले जनाएको छ ।

    विभागबाट जारी सूचनाअनुसार उक्त उत्पादनको उत्पादन मिति २०२५/१२ उल्लेख गरिएको छ भने उपभोग अवधि १८ महिना रहेको छ । विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को व्यवस्थाअनुसार सम्बन्धित ब्याचका सबै उत्पादन बिक्री वितरण नगर्न तथा नगराउनसमेत निर्देशन दिएको छ । उक्त महको उत्पादक कम्पनी डाबर नेपाल प्रा. लि. जितपुर सिमरा बारा रहेको विभागले जनाएको छ ।

    प्रकाशित मिति :जेठ ७ २०८३ बिहिवार - ०७:०४:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij