२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । भारतीय सामाजिक सञ्जालमा यतिबेला ‘कक्रोच जनता पार्टी’ नामको एउटा व्यंग्यात्मक डिजिटल आन्दोलन विस्फोटक रूपमा फैलिएको छ ।
केही दिनअघिसम्म सामान्य इन्टरनेट मजाकजस्तो देखिएको यो अभियान अहिले लाखौँ भारतीय युवाको असन्तुष्टि, बेरोजगारी, राजनीतिक निराशा र सामाजिक आक्रोशको प्रतीक बनेको छ । ‘म पनि कक्रोच’ भन्ने नारा अहिले भारतभरका युवामाझ भाइरल बनेको छ ।
सामाजिक सञ्जालमा लाखौँ पोस्ट, मीम, भिडियो र व्यंग्यात्मक राजनीतिक सामग्री यही नारामाथि आधारित छन् ।
यो आन्दोलनको सुरुवात भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश सूर्यकान्तको एउटा विवादास्पद टिप्पणीपछि भएको हो । मे १५ मा सर्वोच्च अदालतमा भएको सुनुवाइका क्रममा उनले बेरोजगार युवासम्बन्धी टिप्पणी गर्दै ‘कक्रोचजस्ता युवाहरू’ भन्ने शब्द प्रयोग गरेको आरोप लागेपछि देशभर बहस सुरु भएको थियो ।
दिल्ली उच्च अदालतमा वरिष्ठ वकिल नियुक्तिसम्बन्धी मुद्दाको बहसका क्रममा सूर्यकान्तले ‘रोजगार नपाएका र पेसामा स्थान नभएका कक्रोचजस्ता युवाहरू’ सामाजिक सञ्जाल र विभिन्न गतिविधिमार्फत प्रणालीमाथि आक्रमण गरिरहेका छन् भन्ने आशय व्यक्त गरेको बताइएको थियो ।
विवाद बढ्दै गएपछि प्रधानन्यायाधीश सूर्यकान्तले आफ्नो भनाइलाई गलत रूपमा प्रस्तुत गरिएको दाबी गर्दै स्पष्टीकरण दिए। उनका अनुसार टिप्पणी सम्पूर्ण भारतीय युवाप्रति नभई नक्कली डिग्री लिएर कानुनी क्षेत्रमा प्रवेश गर्ने व्यक्तिहरूप्रति लक्षित थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij