Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सरकार र रूबी खानबिच सहमति, २३ औँ दिनमा तोडियो अनशन

सरकार र रूबी खानबिच सहमति, २३ औँ दिनमा तोडियो अनशन


  • 2.1K
    Shares

    सरकार र रूबी खानबिच सहमति, २३ औँ दिनमा तोडियो अनशन
    images

    काठमाडौं । बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान सम्बन्धी घटनाको निष्पक्ष अनुसन्धान लगायतका माग राख्दै विगत २३ दिनदेखि अनशनरत रहेकी अधिकारकर्मी रूबी खान र सरकारका प्रतिनिधिबिच ५ बुँदे सहमति भएको छ। 

    सहमति भएसँगै उनले आफ्नो २३ औँ दिनको अनशन अन्त्य गरेकी छन् । खानलाई प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले पानी खुवाएर अनशन तोडाएका हुन् ।

    उक्त टोलीमा प्रहरी प्रधान कार्यालयबाट प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौर, गृह मन्त्रालयका सहसचिव एव प्रवक्ता आनन्द काफ्ले र  प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहाल रहेका थिए ।

    उक्त टोलीले सोमबारदेखि नै अधिकारकर्मी खानसँग निरन्तर वार्ता र सहजीकरण गरेपछि गृह मन्त्रालयका सहसचिव र खानबिच सहमति पत्रमा हस्ताक्षर भएको हो।  

     

    प्रकाशित मिति :जेठ ६ २०८३ बुधवार - १७:०९:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij