Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

ब्राउन सुगरसहित दुईजना पक्राउ

ब्राउन सुगरसहित दुईजना पक्राउ


  • 1.2K
    Shares

    ब्राउन सुगरसहित दुईजना पक्राउ
    images

    काठमाडौं । प्रहरीले चन्द्रपुर नगरपालिकाबाट लागुऔषध ब्राउन सुगरसहित दुईजनालाई पक्राउ परेका छ्न । चन्द्रपुर-४ स्थित महेन्द्र राजमार्ग सडकखण्डमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको हो। 

    पक्राउ पर्नेमा सिन्धुली जिल्लाका हरिहरपुरगढी गाउँपालिका-४ निवासी ३० वर्षीय अरुण जंग राई र चन्द्रपुर नगरपालिका-४ निवासी ३६ वर्षीय सन्देश कुशवारलाई ब्राउनसुगरसहित पक्राउ गरिएको इलाका प्रहरी चन्द्रनिगाहपुरको प्रमुख रुपा लाबुङले जानकारी दिइन् । 

    लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका राईले चलाई आएको मोटरसाइकल, ६.३८०  ग्राम ब्राउन सुगर र उनीहरूले प्रयोग गर्दै आएको २ थान मोबाइल पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

     

     

    प्रकाशित मिति :जेठ ६ २०८३ बुधवार - १३:४५:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij