Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

खानेपानी र विद्युत महशुल छुटको माग राखेर प्रदर्शन (तस्बिरसहित)

खानेपानी र विद्युत महशुल छुटको माग राखेर प्रदर्शन (तस्बिरसहित)


  • 624
    Shares

    खानेपानी र विद्युत महशुल छुटको माग राखेर प्रदर्शन (तस्बिरसहित)
    images

    काठमाडौं । खानेपानीमा लगाइएको कर खारेज गर्न तथा विद्युत महशुल छुट दिन माग गर्दै उपभोक्ताहरुले माईतीघरमा प्रदर्शन गरेका छन् । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल (फेडवासन)का नेतृत्वमा बुधवार प्रदर्शन गरिएको हो । 

    महासंघले खानेपानी उपभोक्ता समितिहरुमाथि कर लगाउने सरकारी निर्णय फिर्ता लिन, विद्युत महशुलमा सहुलियत उपलब्ध गराउन तथा अधुरा खानेपानी योजनालाई पर्याप्त बजेट विनियोजन गरी सम्पन्न गर्न सरकारसँग माग गरेको छ । महासंघका अध्यक्ष राजेन्द्र अर्यालले सामुदायिक तथा गैरनाफामूलक संस्थाका रूपमा सेवा दिँदै आएका देशभरका ४६ हजार खानेपानी उपभोक्ता समितिमाथी सरकारले कर लगाएको बताएका छन्। 

    यस्ता संस्थामाथि २५ प्रतिशत कर लगाएर उपभोक्ता समितिलाई आर्थिक रूपमा धराशायी बनाउन नहुने उनको भनाई छ । उनका अनुसार उपभोक्ता समितिले नाफा कमाउँदैनन्, लाभांश बाँड्दैनन् । मर्मत, सम्भार र आयोजना विस्तारका लागि संकलित रकममै कर लगाउँदा संस्था सञ्चालन गर्न कठिन हुने उनले बताएका छन्। 

    उनले विद्युत महशुलमा सहुलियत उपलब्ध गराएमा उपभोक्ताले सस्तो दरमा खानेपानी सेवा पाउने बताएका छन् । उनले सरकारले खानेपानी क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् । नयाँ सरकार गठनपछि खानेपानी मन्त्रालयलाई शहरी विकास मन्त्रालय तथा भौतिक पूर्वाधार मन्त्रालयसँग गाभेर पूर्वाधार विकास मन्त्रालय बनाइएकाले खानेपानी तथा सरसफाइ क्षेत्र ओझेलमा पर्ने चिन्ता व्यक्त गरेका छन् । उनले छुट्टै मन्त्रालय कायम भएमा दीर्घकालीन योजना कार्यान्वयन प्रभावकारी हुने बताएका छन् ।    

     

    प्रकाशित मिति :जेठ ६ २०८३ बुधवार - १३:२८:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij