Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

श्रम शक्ति पार्टीका सांसदहरुलाई आफनो क्रियाकलाप सच्याउन सभामुखको चेतावनी

श्रम शक्ति पार्टीका सांसदहरुलाई आफनो क्रियाकलाप सच्याउन सभामुखको चेतावनी


  • 855
    Shares

    श्रम शक्ति पार्टीका सांसदहरुलाई आफनो क्रियाकलाप सच्याउन सभामुखको चेतावनी
    images

    काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले श्रम शक्ति पार्टी, नेपालका सांसदहरुलाई आफनो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिएका छन् । बुधवार बसेको प्रतिनिधिसभा बैठकमा पनि सो पार्टी अध्यक्ष हर्कराज राईसहितका सांसदहरुले प्लेकार्ड देखाएर बैठक अवरुद्ध पारेपछि उनले सो चेतावनी दिएका हुन् ।

    सभाको मर्यादाविपरित संसदमा प्लेकार्ड देखाउने, अभद्र व्यवहार देखाउने, गरेकोले उक्त पार्टीका सांसदहरुलाई प्रतिनिधिभास नियमावली, २०७९ को नियम ३० बमोजिम आफनो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिनुपरेको सभामुख अर्यालले स्पष्ट पारेका छन् । 

    उनले भने,‘ हर्कराज राईसहित श्रम शक्ति  पार्टीका माननीय सदस्यहरुले नियमित रुपमा सभाको मर्यादाविपरित संसदमा प्लेकार्ड देखाउने, अभद्र व्यवहार देखाउने, गरेकोले म माननीय सदस्यहरुलार्य प्रतिनिधिभास नियमावली २०७९ को नियम ३० बमोजिम आफनो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिन्छु ।’

    उक्त पार्टीका सांसदहरुले दैनिक रुपमा प्रधानमन्त्री बालेन्द्र साहको विरोध गर्दै बैठकमा अवरोध गर्दै आएका छन् । अध्यक्ष राईले बैठक कक्ष नै छोडेर पनि हिँडेका छन् । 

    प्रकाशित मिति :जेठ ६ २०८३ बुधवार - ११:३९:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij