Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बौद्धबाट १२ केजी पोल्याण्ड र हतियार बरामद, ६ जना पक्राउ

बौद्धबाट १२ केजी पोल्याण्ड र हतियार बरामद, ६ जना पक्राउ


  • 1.1K
    Shares

    बौद्धबाट १२ केजी पोल्याण्ड र हतियार बरामद, ६ जना पक्राउ
    images

    काठमाडौं । प्रहरीले काठमाडौंको बौद्धबाट १२ केजी लागुऔषध पोल्याण्ड बरामद गरेको छ । मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले एकथान पेस्तोल र एकथान एयरगन सहित ६ जनालाई पक्राउ गरेको हो ।

    लागुऔषध प्रयोगकर्ताले गाँजालाई पेलेर धुलो बनाएर चुरोटमा राखेर खाने बस्तुलाई पोल्याण्ड भन्ने गरिन्छ । लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेपछि अनुसन्धान गर्दा उनीहरूसँग हतियार पनि रहेको खुलेको थियो ।

    बौद्ध स्थित जबमुडाँडाको फोहोरमैला सङ्कलन केन्द्रमा लुकाएर राखेको अवस्थामा एउटा पेस्तोल र एउटा एयरगन बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताएका छन् ।

    प्रहरीले घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली घर भएका विनोद अधिकारी, विकाश सुनुवार, सुदिप परियार र सक्सन दोर्जे लामा लगायत छन् । आरोपीहरुमाथि अनुसन्धान भइरहेको एसएसपी खड्काले जानकारी दिएका छन् । 

     

    प्रकाशित मिति :जेठ ६ २०८३ बुधवार - १०:०८:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij