Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रि–बजेट छलफल सकियो, ७१ सांसदले दिए सुझाव

प्रि–बजेट छलफल सकियो, ७१ सांसदले दिए सुझाव


  • 1.3K
    Shares

    प्रि–बजेट छलफल सकियो, ७१ सांसदले दिए सुझाव
    images

    काठमाडौं । आर्थिक वर्ष २०८३\८४ को विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफल सकिएको छ । सांसदहरूले उठाएका सवालमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले जवाफ दिएसँगै छलफल सकिएको हो। 

    सोमबारदेखि सुरु भएको छलफल मङ्गलबार सकिएको थियो । यो क्रममा पहिलो दिन ४० सांसदले बोलेका थिए । दोस्रो दिन भने ३१ जनाले आफ्नो धारणा राखेका थिए। नाम टिपाएका सांसदहरूको धारणासँगै अर्थमन्त्री वाग्लेले जवाफ दिएका थिए। 

    जवाफसँगै सभामुख डीपी अर्यालले सदनमा उठेका सवालको विवरण प्रतिवेदन बनाएर प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगलाई पठाउने जानकारी दिएका छन्। 

    उनले सरकार असीमित उत्तराधिकारी संस्था भएकोले नेपालले राखेका दीगो विकास लक्ष्य, १६ औँ योजना तथा यसअघिका दायित्वलाई सरकारले बोक्ने बताएका छन्।

     

    प्रकाशित मिति :जेठ ५ २०८३ मंगलवार - १७:१६:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij