२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपक्ष दलहरुले आफनै भाषा र दस्तावेज अनुमोदन गराउनका लागि अर्को निर्वाचन कुर्नुपर्ने बताएका छन् । मंगलवार प्रतिनिधि सभा बैठकमा विपक्ष दलहरुले सरकारले ल्याएको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।
अर्थमन्त्री वाग्लेले निर्वाचनमा जनताले अनुमोदन गरिदिएका राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्रलाई नै आधार बनाएर सरकारले आफनो नीति तथा कार्यक्रम, विनियोजन बजेटको सिद्धान्त तथा प्राथमिकता ल्याएको उल्लेख गर्दै त्यसलाई विपक्ष दलहरुले आफनो अनुकूल बनाउन अर्को निर्वाचन कुर्नुपर्ने बताएका छन् । उनले सरकार जनताबाट अनुमोदित भाषा, शैली, दर्शन र सार अनुसार अघि बढिरहेको जिकिर पनि गरेका छन् ।
उनले भने,‘ जनताबाट अनुमोदित भाषा, शैली, दर्शन, सार, यहाँ जे प्रश्तुत गरिएको हो, त्यो नै हो । किनकी हामीले निर्वाचन लड्नु भन्दा अगाडि रुपान्तरणका सय आधारहरु भनेर बाचा पत्रमा उल्लेख गरेका थियौँ । त्यसैलाई नै जनताले अनुमोदित गरेको भन्नेकुरा मान्ने हो भने यसैमा टेकेर आएका एक सय वटा शासकीय सुधारका मार्ग चित्र हाम्रो नीति तथा कार्यक्रम अहिलेको यो विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता हो । अब आफ्नै भाषा, आफनै दस्तावेज अनुमोदित गराउनका लागि अर्को चुनाव चाँकी कुर्नुपर्ला ।’
अर्थमन्त्री वाग्लेले सरकारले शासकीय सुधारका मार्गचित्र पनि जनताको भावनाअनुसार अघि बढाएको पनि बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij