Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

महन्थ ठाकुरले संसदमा कालो पोशाक लगाएर विरोध जनाउँदै दिए राजतन्त्र फर्किने संकेत

महन्थ ठाकुरले संसदमा कालो पोशाक लगाएर विरोध जनाउँदै दिए राजतन्त्र फर्किने संकेत


  • 806
    Shares

    महन्थ ठाकुरले संसदमा कालो पोशाक लगाएर विरोध जनाउँदै दिए राजतन्त्र फर्किने संकेत
    images

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले नेपालमा राजतन्त्र फर्किनसक्ने संकेत गर्दै कालो पोशाक लगाएर विरोध जनाएका छन् । राष्ट्रिय सभाको मंगलवारको बैठकमा अध्यक्ष ठाकुरले राजतन्त्र फर्किन लागेको संकत गर्दै सांकेतिक रूपमा कालो पोशाक प्रदर्शन गरेका हुन् ।

    अध्यक्ष ठाकुरले पूर्वराजाले आफूसँग पटक-पटक भेट्ने प्रयास गरेको खुलासा गर्दै सोही प्रयोजनका लागि आफूले कालो पोशाक लगाएर आएको टिप्पणी गरेका छन् । विरोधका लागि कालो वस्तु प्रयोग गरिन्छ । अध्यक्ष ठाकुरले पूर्वराजासँगको भेटप्रति व्यङ्ग्यात्मक शैलीमा टिप्पणी गरे पनि उनको यो अभिव्यक्ति र कालो पोशाकलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । 
    उनले ‘पराधीन सपनामा सुख छैन’ भन्ने उखान उद्धृत गर्दै वर्तमान राजनीतिक र सामाजिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । 

    उनले भने, ‘ज्ञानको राजा ज्ञानेन्द्र हुनुहुन्छ, उहाँले धेरै पटक मसंग भेट्ने प्रयास गर्नुभएको थियो । आज म यो लगाएर कहिँ उहाँको त्यो याद आउँछ कि, भेट्नु हुन्छ की त्यसैले कालो ड्रेस लगाएर यहाँ आएको हुँ । हेरौँ, कहिले भेट्नुहुन्छ ।’ 

    आफ्नो बहुपहिचानको चर्चा गर्दै उनले आफू मधेसी र नेपाली दुवै भएको र भित्री–बाहिरी सबै गतिविधिबारे आफू जानकार रहेको दाबी गरेका छन् । 

    प्रकाशित मिति :जेठ ५ २०८३ मंगलवार - १६:४२:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij