२०८३ श्रावण ११ गते सोमवार
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा डा. मनोज कुमार शर्माको नाम अनुमोदन गरेको छ । मंगलबार बसेको समिति बैठकमा शर्माको संसदीय सुनुवाइ प्रक्रिया पूरा भएसँगै उनको नाम प्रधानन्यायाधीशमा सर्वसम्मत रुपमा अनुमोदित भएको हो ।
संसदीय सुनुवाई समिति कार्यासञ्चालन नियमावली २०८० को नियम २६ को उपनियम ५ बमोजिम शर्मा प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदित भएको सभापति बोधनारयणा श्रेष्ठले जानकारी दिएका छन् ।
वैशाख २४ गते बसेको संवैधानिक परिषद्को बैठकले शर्माको नाम अनुमोदन गरेको थियो । शर्मा संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अनुमोदित भएसँगै अब राष्ट्रपतिबाट शपथ लिएर सर्वोच्चको कुर्सी सम्हाल्न जानेछन् । प्रधानन्यायाधीशको रुपमा शर्माले ६ वर्ष काम गर्नेछन् । अर्थात शर्मा २०८९ वैशाखसम्म सर्वोच्चको नेतृत्वमा हुनेछन् ।
२०४७ सालयता कुनै पनि प्रधानन्यायाधीशले ६ वर्षे कार्यकाल पूरा गरेका छैनन्। उमेरहदका कारण कार्यकाल सकिन अघि नै अवकाश पाएका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij