Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

२७ कन्सल्टेन्सी सञ्चालक हिरासतमा, ३६ जना रिहा

२७ कन्सल्टेन्सी सञ्चालक हिरासतमा, ३६ जना रिहा


  • 785
    Shares

    २७ कन्सल्टेन्सी सञ्चालक हिरासतमा, ३६ जना रिहा
    images

    काठमाडौं । कन्सल्टेन्सी र शैक्षिक परामर्शदाता कम्पनीहरूले विदेश पठाउने नाममा ठगी गरेको आरोपमा प्रहरीले जेठ १ मा काठमाडौँ उपत्यकाका १९५ वटा त्यस्ता कार्यालयमा छापा मारेको थियो । प्रहरीले ६८ जना कन्सल्टेन्सी सञ्चालक तथा म्यानेजरलाई पक्राउ गरेको थियो । 

    उनीहरू मध्येका २७ जनालाई कानुन अनुसार अदालतबाट म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । सञ्चालकहरू विरुद्ध शिक्षा ऐन अन्तर्गत अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताएका छन् ।

    प्रहरीले अदालतमा उपस्थित गराएपनि कन्सल्टेन्सी र शैक्षिक परामर्शदाता कम्पनीका ५ जना म्यानेजरलाई हिरासतमा राख्न अदालतले अनुमति दिएन । सञ्चालक फेला नपरेका ५ जना म्यानेजरलाई अदालतले थुनमा नराख्न भनेको हो ।

    शिक्षा ऐन अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेका २७ जना कन्सल्टेन्सी सञ्चालकले दर्ता बिना नै कम्पनी सञ्चालन गरेको र विदेशमा विद्यार्थीहरू पठाउने गरेको भेटिएको छ । विदेशमा उनीहरुले पठाएको विद्यार्थीहरू अलपत्र परेको गुनासो आएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले बताएका छन् । 

    दर्ता प्रक्रिया गरिरहेका ३६ जनालाई प्रहरीले हाजिर जमानीमा राखेर अनुसन्धान गरिरहेको छ । उनीहरूलाई शिक्षा विभागको शैक्षिक परामर्श शाखामा पठाउने प्रहरीको तयारी छ ।

    शैक्षिक परामर्शदाता कम्पनी र कन्सल्टेन्सीहरूले भिसाको ग्यारेन्टी गर्ने र पासपोर्ट आफैँले राखेर सेवाग्राहीलाई हैरानी दिने गरेको भेटिएको छ । 

    cs_oZgG5p2Fq7.jpg

    प्रकाशित मिति :जेठ ५ २०८३ मंगलवार - १६:१६:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij