Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ सकियो, निर्णय आउने बाँकी

प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ सकियो, निर्णय आउने बाँकी


  • 764
    Shares

    प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ सकियो,  निर्णय आउने बाँकी
    images

    काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माको संसदीय सुनुवाइ सम्पन्न भएको छ ।

    सुनुवाइमा सुनुवाइ समितिका सदस्यहरूले प्रस्तावित प्रधान्यायाधीश शर्मालाई प्रश्नहरू सोधेका थिए । उनले प्रश्नहरूमाथि जवाफ दिइसकेपछि समिति सभापति बोधनारायण श्रेष्ठले पुरक प्रश्नका लागि सदस्यहरूलाई समय दिएका थिए । पुरक प्रश्न नभएपछि सुनुवाइ सकिएको जानकारी गराएका थिए ।

    उनले प्रश्नको जवाफ दिनेक्रममा सर्वोच्च अदालतमा गुटबन्दी नरहेको दाबी पनि गरे । आफू विरुद्धको रिट दर्ताको सन्दर्भमा आएको प्रश्नको पनि खण्डन गरेका छन् । ‘बार र बेन्चको द्वन्द भएको छैन । बार र  प्रशासनमा केही भएको होकी जस्तो देखिन्छ’ उनले भनेका छन् ।

    शर्माले आफूमाथि लागेको नेपोबेबीको आरोपको खण्डन गरेका छन्  । आफू योग्यता र क्षमताकै आधारमा अगाडि बढ्दै आएको उनको भनाइ छ । ‘पारिवारिक नाता भएकाले नियुक्ति पाउन हुँदैन भन्ने छैन,’ प्रस्तावित प्रधानन्यायाधीश शर्माले जवाफ दिएका छन् ।

      

    प्रकाशित मिति :जेठ ५ २०८३ मंगलवार - १५:४८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij