Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

प्रस्तावित प्रधानन्यायाधीश शर्मालाई प्रश्न: बार र बेन्चबीचको द्वन्द्व व्यवस्थापन कसरी गर्नुहुन्छ ?

प्रस्तावित प्रधानन्यायाधीश शर्मालाई प्रश्न: बार र बेन्चबीचको द्वन्द्व व्यवस्थापन कसरी गर्नुहुन्छ ?


  • 1.7K
    Shares

    प्रस्तावित प्रधानन्यायाधीश शर्मालाई प्रश्न: बार र बेन्चबीचको द्वन्द्व व्यवस्थापन कसरी गर्नुहुन्छ ?
    images

    काठमाडौं । प्रश्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मामाथि संसदीय सुनुवाई भइरहेको छ । मंगलवार सिंहदरबारमा बसेको समिति बैठकमा उनिविरुद्ध परेका उजुरीहरू अध्ययनपश्चात शर्मा संसदीय समितिमा उपस्थित भएका छन् ।

    सुनुवाईमा भाग लिँदै नेपाली काँग्रेसका सांसद आनन्द ढुंगानाले न्यायालय र बारबीचको द्वन्द्व व्यवस्थापन कसरी गर्नुहुन्छ भन्दै प्रश्न गरेका छन् । उनले लामो समयदेखि बेन्च ९न्यायालय० र बारबीच द्वन्द्व भइरहँदा न्याय सम्पादन प्रभावित हुँदै आएको बताएका छन्। 

    उनले भने, ‘न्यायालय र बारबीच लामो द्वन्द्व भइरहन्छ । बार र न्यायालयको बेन्चबीच जुन द्वन्द्व छ त्यसलाई कसरी निरुपण गर्नुहुन्छ । विगतमा केही प्रधान न्यायाधीशले यो द्वन्द्व कम गर्ने प्रयास गरेपनि अहिले फेरि यो द्वन्द्व बढेको जस्तो देखिन्छ । द्वन्द्व बढ्यो भने फेरी न्याय पाउन गाह्रो हुँदो रहेछ ।’

    उनले न्यायालयलाई विकासमैत्री कसरी बनाउन सकिन्छ भन्ने चासो समेत प्रश्ताविक प्रधानन्यायाधीश शर्मासमक्ष राखेका छन् ।

    प्रकाशित मिति :जेठ ५ २०८३ मंगलवार - १५:३७:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij