२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मामाथि संसदीय सुनुवाइ सुरु भएको छ । उनीविरुद्ध परेका १६ वटा उजुरीमाथि छलफल भएको हो ।
यसअघि उजुरीकर्तासँग छलफल भएको थियो । उजुरीकर्ताहरूले शर्माको शैक्षिक योग्यता र क्षमतामा प्रश्न उठाएका छन् ।
सिंहदरबारस्थित समितिको कार्यकक्षमा जारी छलफलमा मकवानपुरका उजुरीकर्ता दिपक न्यौपानेले उनको शैक्षिक प्रमाणपत्र मगाएर अध्ययन गर्न माग गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij