Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

पाँच वर्षमा लागुऔषध प्रयोग शून्य बनाउन सांसद डाँगीको माग

पाँच वर्षमा लागुऔषध प्रयोग शून्य बनाउन सांसद डाँगीको माग


  • 680
    Shares

    पाँच वर्षमा लागुऔषध प्रयोग शून्य बनाउन सांसद डाँगीको माग
    images

    काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद निशा डाँगीले पाँच वर्षमा लागु औषध प्रयोग शून्य बनाउन सरकारसँग माग गरेकी छन् । मंगलबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै डाँगीले यस्तो माग गरेकी हुन् । 

    उनले निर्वाचन क्षेत्रमा जाँदा धेरै आमाबुबाहरूले आँखाभरि आशु झारेर लागु औषधबाट आफ्ना छोराछोरीको रक्षा गर्न आह्वान गरेको पनि बताइन् । 

    उनले झापा निर्वाचन क्षेत्र नम्बर १ मा मात्र होइन प्रत्येक सीमा नाकाका क्षेत्रमा यस्ता समस्या देख्न सुन्न पाइने गरेको सुनाइन् । उनले नेपालमा लागु औषधको प्रयोग र ओसार प्रसार राष्ट्रिय समस्याका रूपमा देखापरेको भन्दै लागु औषध ब्युरोका अनुसार १ लाख ५० हजारभन्दा बढी लागु औषध प्रयोगकर्ता रहेको पनि बताइन् ।   

    प्रकाशित मिति :जेठ ५ २०८३ मंगलवार - १२:३२:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij