Logo

२०८३ श्रावण ११ गते सोमवार

२०८३ श्रावण ११ गते सोमवार

चितवनमा पनि डीडीसीको याक चिज

चितवनमा पनि डीडीसीको याक चिज


  • 680
    Shares

    • images
    चितवनमा पनि डीडीसीको याक चिज
    images

    काठमाडौं । स्थानीय बजारमा याक चिज उपलब्ध हुन थालेको छ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले आफ्ना डेरीमार्टहरुमा यसको उपलव्धता गराएको हो ।

    सङ्घका अध्यक्ष किशोर बगालेले सङ्घले आइतबारदेखि याक चिज जिल्लामा उपलब्ध गराउन थालेको जानकारी दिएका छन् । दुग्ध विकास संस्थान (डिडिसी)ले उत्पादन र बिक्री वितरण गर्दै आएको सो चिज जिल्लामा ल्याइएको हो ।

    संस्थानले उत्पादन गरेका अन्य वस्तुहरुसमेत मार्टबाट बिक्री गर्ने तयारी गरिएको उनले बताएका छन् । उनले भने, याकको चिज अहिले परीक्षणस्वरुप बिक्रीका लागि ल्याएका छौँ । ग्राहकको मागअनुसार यसको आयात बढाइने छ । स्थानीय उत्पादनलाई प्राथमिकता दिनका लागि याकको चिजलाई आफूहरुले बिक्री गर्न थालेको उनले बताएका छन् । 

    सङ्घले सञ्चालन गरेको मार्टमा आफ्नै उत्पादनका दुग्ध जन्य वस्तुहरुको उपलब्ध हुँदै आएको छ । दूध, दही, पनिर, चिज, मोही, नौनी, घ्यूजस्ता वस्तु उपलब्ध हुँदै आएको छ । सङ्घले आफ्नो उत्पादनलाई बजारीकरण गर्नका लागि दुग्धजन्य वस्तुको उत्पादन गर्दै आएको हो । सङ्घले रत्ननगरमा रहेको आफ्नै उद्योगमा उत्पादित बिक्री वितरण गर्दै आएको छ ।  

    images
    प्रकाशित मिति :जेठ ५ २०८३ मंगलवार - ११:०८:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij