Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

प्रस्तावित प्रधान न्यायाधीश सुनुवाइ: विपक्षीले मागे एक दिनको समय

प्रस्तावित प्रधान न्यायाधीश सुनुवाइ: विपक्षीले मागे एक दिनको समय


  • 848
    Shares

    प्रस्तावित प्रधान न्यायाधीश सुनुवाइ: विपक्षीले मागे एक दिनको समय
    images

    काठमाडौं । प्रस्तावित प्रधान न्यायाधीश डा. मनोज शर्माको कार्ययोजना र उनीविरुद्ध परेका उजुरी अध्ययन गर्न विपक्षी दलहरूले १ दिनको समय माग गरेका छन् । सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको कार्यकक्षमा बसेको बैठकमा विपक्षी दलका सांसदहरूले समय मागेका हुन् ।   

    नेकपा सांसद वर्षमान पुनले प्रक्रिया पूरा गरेर निर्णय गरिनुपर्ने बताएका छन् । सर्वोच्च अदालत ६ वर्ष चलाउने प्रस्तावित प्रधान न्यायाधीशका कार्ययोजना अध्ययन गर्न समय पाउनुपर्ने उनको भनाइ थियो । भोलि बिहानबाट सुनुवाइ गरी प्रफेक्ट प्रक्रिया पुगेको देखाएर निर्णय गर्न उनको माग थियो । 

    एमाले सांसद पद्मा अर्यालले छलफल नै नगरी हतारमा काम गर्दा अपारदर्शिता देखिने बताइन् । अर्यालले भोलि बुधबार पढ्ने, पर्सि छलफल गर्ने प्रस्ताव गरिन । एकै दिनमा अनुमोदन गर्दा कार्यपालिकाको निर्णय शिरोधार्य गरेको जस्तो हुने उनको तर्क छ । सांसद प्रेमप्रसाद दङ्गालले प्रस्तावित प्रधानन्यायाधीश शर्माको कार्ययोजना अध्ययनका लागि समय मागेका छन् ।   

    प्रकाशित मिति :जेठ ५ २०८३ मंगलवार - १०:१६:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij