Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

जनप्रतिनिधिहरूले पदबहाली गरेको चार वर्ष पुगेको उपलक्ष्यमा सार्वजनिक बिदा

जनप्रतिनिधिहरूले पदबहाली गरेको चार वर्ष पुगेको उपलक्ष्यमा सार्वजनिक बिदा


  • 379
    Shares

    जनप्रतिनिधिहरूले पदबहाली गरेको चार वर्ष पुगेको उपलक्ष्यमा सार्वजनिक बिदा
    images

    बागलुङ । बागलुङ नगरपालिकाले जनप्रतिनिधिहरूले पदबहाली गरेको चार वर्ष पुगेको उपलक्ष्यमा जेठ ६ गते नगरपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

    नगरपालिकाको यो निर्णयको अहिले सामाजिक सञ्जालमा ‘अर्थ न वर्थको बिदा’ भन्दै आलोचना भइरहेको छ।

    नगरपालिकाद्वारा प्रकाशित सूचना अनुसार, वर्तमान जनप्रतिनिधिहरूले पद सम्हालेको चार वर्ष पुगेको खुशियालीमा ‘विकास र समृद्धिको यात्रामा हाम्रो चार वर्ष’ नामक विशेष कार्यक्रम आयोजना गर्न लागिएको छ।

    सोही कार्यक्रमको प्रयोजनका लागि जेठ ६ गते नगरपालिकाको कार्यालय, मातहतका वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू र शैक्षिक संस्थाहरूमा स्थानीय बिदा दिने निर्णय गरिएको हो।

    प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्माद्वारा हस्ताक्षर गरिएको सूचनामा बिदाका कारण सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमा मागिएको छ।

    तर, नागरिकहरूले भने जनप्रतिनिधिको कार्यकालको उत्सव मनाउन विद्यालय र स्वास्थ्य संस्था जस्ता संवेदनशील क्षेत्र समेत बन्द गराउनु गैरजिम्मेवारपूर्ण भएको बताएका छन्।

    प्रकाशित मिति :जेठ ५ २०८३ मंगलवार - ०९:३०:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij