Logo

२०८३ श्रावण ११ गते सोमवार

२०८३ श्रावण ११ गते सोमवार

चुरे विनाश र बजेट कार्यान्वयनको फितलो अवस्थाप्रति महन्थ ठाकुरको चिन्ता

चुरे विनाश र बजेट कार्यान्वयनको फितलो अवस्थाप्रति महन्थ ठाकुरको चिन्ता


  • 2.2K
    Shares

    • images
    चुरे विनाश र बजेट कार्यान्वयनको फितलो अवस्थाप्रति महन्थ ठाकुरको चिन्ता
    images

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेसमा भइरहेको चुरे दोहन र बजेट कार्यान्वयनको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएका छन् । 

    राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सोमवार आफ्नो धारणा राख्दै अध्यक्ष ठाकुरले विकासका कुरा भएपनि व्यवहारमा भने प्रतिकूल अवस्था सिर्जना भइरहेको टिप्पणी गरेका छन्। अध्यक्ष ठाकुरले चुरे र भावर क्षेत्रको अनियन्त्रित दोहनका कारण मधेसमा ठूलो संकट उत्पन्न भएको बताएका छन् । प्राकृतिक स्रोतको अत्यधिक दोहनले वर्षायाममा उत्तरतर्फ कटान र दक्षिणतर्फ डुबानको भयावह समस्या निम्त्याएको उनको भनाइ थियो। 

    महिनौँसम्म बस्तीहरू डुबानमा पर्दा पनि राज्यका निकायहरूबाट उचित ध्यान नपुगेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् । सो क्रममा उनले वातावरणीय चेतनाको अभाव र भौतिक विनाशका कारण विगतमा स्थापित विद्यालयहरू समेत बन्द हुने अवस्थामा पुगेको बताएका छन्। 

    उनले भने, ‘हामी चुरे विनाशको कुरा गरिरहेका छौँ, तर त्यहाँबाट ढुङ्गा, माटो र बालुवा निकाल्ने क्रम रोकिएको छैन । भावर क्षेत्रको स्थिति पनि उस्तै छ । बजेट जान्छ तर त्यसको प्रतिफल देखिँदैन । आधा बजेट कता हराउँछ, पत्तो हुँदैन । जसरी हामी पृथ्वी घुमिरहेको देख्दैनौँ, त्यसैगरी बजेट पनि शुन्यमा हराइरहेको छ ।’

    विगतका वर्षहरूमा बजेट विनियोजन भएपनि त्यसले लक्षित वर्ग र क्षेत्रलाई छुन नसकेको उल्लेख गर्दै उनले यसपटकको बजेट बालुवामा पानी हाले जस्तै शुन्यमा नजाओस् भन्ने कामना गरेका छन्। विकास निर्माणका योजनाहरू कागजमा मात्र सीमित नभई जनताले महशुस गर्नेगरी कार्यान्वयन हुनुपर्नेमा उनले जोड दिएका छन्। समितिको बैठकमा अध्यक्ष ठाकुरले सरकारलाई मधेशको संवेदनशीलता बुझ्न र विकासका योजनाहरूलाई परिणाममुखी बनाउन ध्यानाकर्षण गराएका छन् ।  
     

    images
    प्रकाशित मिति :जेठ ४ २०८३ सोमवार - १६:२९:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij