Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

महान्यायाधिवक्ता कँडेलविरुद्धको रिट ‘हेर्न नभ्याइने’

महान्यायाधिवक्ता कँडेलविरुद्धको रिट ‘हेर्न नभ्याइने’


  • 806
    Shares

    महान्यायाधिवक्ता कँडेलविरुद्धको रिट ‘हेर्न नभ्याइने’
    images

    काठमाडौं । महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर तीन वटा रिटको पेसी ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको छ । सोमबार न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा ‘ल’ क्रमसङ्ख्यामा रहेको उक्त पेसी ‘हेर्न नभ्याइनेमा’ राखेसँगै स्थगित भएको हो ।

    महान्यायाधिवक्ताको योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ताहरू माधवकुमार बस्नेत, दीपकराज जोशीसहित ४ जना र शिराज बरालले दायर गरेको रिट दायर गरेका थिए । 

    यसअघि सर्वोच्च अदालतले उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो । सरकारको तर्फबाट लिखित जवाफ पेस भएसँगै अन्तरिम आदेशको सम्बन्धमा सुनुवाइका लागि पेसी तोकिएको हो ।

    प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले महान्यायाधिवक्ता कँडेललाई यही चैत २२ गते महान्यायाधिवक्तामा नियुक्त गरेका थिए ।

     

    प्रकाशित मिति :जेठ ४ २०८३ सोमवार - १४:३४:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij