Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

ट्राफिक प्रहरीद्वारा एक हजार ९६२ जना कारबाहीमा

ट्राफिक प्रहरीद्वारा एक हजार ९६२ जना कारबाहीमा


  • 813
    Shares

    ट्राफिक प्रहरीद्वारा एक हजार ९६२ जना कारबाहीमा
    images

    काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा एक हजार ९६२ जना सवारी चालक तथा नियम उल्लङ्घनकर्तामाथि कारबाही गरेको छ । उक्त कारबाहीबाट आठ लाख ८९ हजार राजस्व सङ्कलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    ट्राफिक प्रहरीका अनुसार उपत्यकाभित्र बढ्दो सवारी चाप, अव्यवस्थित पार्किङ, लापरबाहीपूर्ण सवारी सञ्चालन तथा ट्राफिक नियमको बेवास्ताका कारण दुर्घटनाको जोखिम बढ्दै गएको छ । यसलाई नियन्त्रण गर्न नियमित चेकिङ, निगरानी तथा विशेष अभियान सञ्चालन गरिएको हो ।

    ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कारबाहीमा पर्नेहरूमध्ये सबैभन्दा बढी विभिन्न अन्य ट्राफिक उल्लङ्घन गर्ने ९०५ जना रहेका छन् ।

    यस्तै, मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने १०२ जना चालकलाई नियन्त्रणमा लिइएको छ भने राइड सेयरिङसम्बन्धी नियम उल्लङ्घन गर्ने १४७ जनामाथि कारबाही गरिएको छ ।

    त्यसैगरी, रातो बत्ती उल्लङ्घन गर्ने २११, तीव्र गतिमा सवारी चलाउने १९७, लेन मिच्ने ५३, सडक फुटपाथ अतिक्रमण गर्ने ८८, ‘नो हर्न’ क्षेत्र उल्लङ्घन गर्ने ११६ तथा एकतर्फी सडकमा सवारी प्रवेश गराउने १४३ जना चालक कारबाहीमा परेका छन् ।

    प्रहरी उपरीक्षक सुवेदीले ट्राफिक प्रहरीको मुख्य उद्देश्य राजस्व सङ्कलन मात्र नभई नागरिकलाई ट्राफिक नियमप्रति जिम्मेवार बनाउनु रहेको बताए । 

    प्रकाशित मिति :जेठ ४ २०८३ सोमवार - १४:२२:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij