२०८३ श्रावण १० गते आइतवार
काठमाडौं । धनकुटाको चौबिसे गाउँपालिकास्थित तमोर करिडोर सडक खण्डमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
सोमबार कुखुराको चल्ला बोक्ने गाडी दुर्घटना भएको हो। इटहरीबाट पाँचथरतर्फ जाँदै गरेको प्र १-०१-००१ ज ३९४९ नम्बरको गाडी अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा गाडीमा सवार मोरङको सुन्दरहरैँचा नगरपालिका-६ की ४० वर्षीया सवित्रा ढुङ्गेलको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनापछि गाडीले च्यापिएकी ढुङ्गेलको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा परेर पाँचथरको फाल्गुनन्द गाउँपालिका-१ का २८ वर्षीय चालक तेजकुमार चेम्जोङ र ताप्लेजुङको फुङलिङ नगरपालिका-८ का २२ वर्षीय दिपेन रसाइली घाइते भएका छन्। दुवै जनालाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
गाडीमा दुई हजार पाँच सय कुखुराका चल्ला रहेका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij