Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सरकारले मानव तस्करीमा संलग्नहरुमाथि कडा कारबाही गर्नुंपर्छः खुश्वु ओली

सरकारले मानव तस्करीमा संलग्नहरुमाथि कडा कारबाही गर्नुंपर्छः खुश्वु ओली


  • 918
    Shares

    सरकारले मानव तस्करीमा संलग्नहरुमाथि कडा कारबाही गर्नुंपर्छः खुश्वु ओली
    images

    काठमाडौं । प्रतिपक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्वु ओलीले मानव तस्करमा संलग्न गिरोहलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेकी छन्।
      
    सोमवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले कुवेत लगायतका मुलुकहरुमा नेपाली मानव तस्करहरुले १० देखि १२ लाखमा नेपाली महिलाहरुलाई वैदेशिक रोजगारीको नाममा बेच्ने गरेको जिकिर गर्दै त्यस्ता गिरोहमाथि तत्काल पक्राउ गरी कारवाही गर्न सरकारसँग माग गरेकी छन्।

    प्रमुख सचेतक ओलीले सरकारले खाडी मुलुकहरुमा घरेलु कामदारहरुलाई पठाउने कुरा प्रतिबन्ध लगाएपनि मानव तस्करहरुले विभिन्न बाटो प्रयोग गरेर ती देशहरुमा पठाउने गरेको उल्लेख गर्दै त्यसमा निगरानी राख्न पनि सरकारलाई सचेत गरेकी छन्।

    प्रमुख सचेतक ओलीले सरकारले वैदेशिक रोजगारीका कारण पीडा सहन बाध्य नेपाली नागरिकको उद्धार कार्यमा ढिलाई गर्न नहुने पनि बताएकी छन् ।  

    प्रकाशित मिति :जेठ ४ २०८३ सोमवार - १२:२१:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij