Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रधानन्यायाधीश मनोजकुमार शर्माविरुद्ध ७ उजुरी, भोलि खोलिँदै

प्रधानन्यायाधीश मनोजकुमार शर्माविरुद्ध ७ उजुरी, भोलि खोलिँदै


  • 715
    Shares

    प्रधानन्यायाधीश मनोजकुमार शर्माविरुद्ध ७ उजुरी, भोलि खोलिँदै
    images

    काठमाडौं । संवैधानिक परिषद्‍बाट प्रधानन्यायाधीशमा सिफारिस भएका मनोज कुमार शर्माविरुद्ध संसदीय समितिमा सातवटा उजुरी परेका छन्। 

    समितिले गएको वैशाख २५ गते शर्माविरुद्ध उजुरी आह्वान गरेको थियो। समितिले शर्माविरुद्ध आजसम्म उजुरी दिन सकिने जनाएको छ।शर्माविरुद्ध परेका उजुरीउपर भोलिदेखि अध्ययन सुरु गरिने समितिले जनाएको छ। 

    भोलि बस्ने समिति बैठकमा सबैको रोहबरमा प्राप्त उजुरी खोलिने छ। त्यसपछि अध्ययनका लागि सबै सदस्यहरूलाई ती उजुरी वितरण गर्ने तयारी समितिको छ।

    संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गरेका शर्मालाई संसदीय सुनुवाइले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने कानुनी व्यवस्था छ। 

    गएको वैशाख २४ गते सबेका संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको थियो।   

    प्रकाशित मिति :जेठ ४ २०८३ सोमवार - १०:४३:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij