Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

सुन्धारा कारागारबाट फरार महिला कैदी पक्राउ

सुन्धारा कारागारबाट फरार महिला कैदी पक्राउ


  • 1.2K
    Shares

    सुन्धारा कारागारबाट फरार महिला कैदी पक्राउ
    images

    काठमाडौं । सुन्धारा कारागारबाट मध्यराति भागेकी नुवाकोटको विदुर नगरपालिकाकी २५ वर्षीया सपना तामाङ पक्राउ परेकी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले असनबाट पक्राउ गरेको हो ।

    जन्मकैदको सजाय तोकिएकी तामाङ शुक्रबार राति १ बजे कारागारबाट फरार भएकी थिइन् । भुईँमा केही वस्तु ओछ्याएर पर्खाल नाघेर भागेको देखिएको कारागार प्रशासनले जनाएको थियो ।

    तामाङ उनी चोरी र कर्तव्य ज्यानको कसुरमा जन्मकैदको फैसला भएपछि कैद भुक्तान गर्दै आएकी थिइन् । यसअघि जेनजी आन्दोलनको बेलामा पनि फरार भएकी उनी २ महिनापछि पक्राउ परेकी थिइन् । यसपटक भागेको तीन दिनमै पक्राउ परेकी हुन् ।

     

    प्रकाशित मिति :जेठ ४ २०८३ सोमवार - १०:१०:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij