२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल सुपर लिग (एनएसएल) को आयोजनाले नेपाली फुटबललाई नयाँ उचाईमा लैजाने आशा व्यक्त गरेका छन्। झम्सिखेलमा आईतवार भएको एनएसएलको आगामी संस्करणको घोषणा कार्यक्रमको अवसरमा मन्त्री पोखरलले हरेक खेलको फ्रेन्चाइज लिगले खेलकुदको विकासमा महत्वपूर्ण भुमिका खेल्ने बताएका हुन् ।
यसअघि नेपाल प्र्रिमियर लिगले पनि नेपाली क्रिकेटको विकासमा राम्रो भुमिका खेलेको उल्लेख गर्दै एनएसएल पनि त्यस्तै माध्यम रहेको उनको भनाइ छ । मन्त्री पोखरेलले आजको दिनसम्म खेलकुदमा निजी क्षेत्रलाई राम्रोसँग जोड्न नसकेको दाबी गरेका छन् । तर फ्रेन्चाइज लिगले नेपालको कर्पोरेट क्षेत्रलाई पनि खेलकुदमा जोडेर अघि बढ्नु सुखद् पक्ष रहेको मन्त्री पोखरेल बताएका छन् ।
खेलकुदभित्र राजनीति नगरी आफ्नो सरकार अगाडि बढ्ने उनको भनाइ छ । अहिले शिक्षा र खेलकुद एकै ठाउँमा राखेर सरकार अघि बढेको उल्लेख गर्नै मन्त्री पोखरेलले ग्रासरुटदेखि नै खेल विकासका लागि शिक्षा क्षेत्रबाट नै सम्भव रहेको बताएका छन् । नेपालको भविष्यका खेलाडी विद्यालयमा नै रहेकाले त्यसक्षेत्र नै लगानी बढाउन आवश्यक रहेको उनले बताएका छन्।
नेपाल २७ हजार विद्यालय रहेको र त्यसमा लाखौं विद्यार्थी बढ्ने भएकाले त्यहाँ लगानी बढाउनुपर्ने मन्त्री पोखरेलले उललेख गरेका छन् । पाठ्यक्रममा नै खेलकुद विषय समावेश गर्न सरकारले कार्यद नै बनाएर अगाडि बढ्न चाहेको उनले बताएका छन् । नेपाल आर्मी, एपिएफ र पुलिसमा राम्रो खेलाडी आउनुको पछाडि त्यहाँ राम्रो डाइट र तालिक रहेको उनको बुझाइ छ ।
उनले अखिल नेपाल फुटबल संघ ९एन्फा० सँगै सबै पक्ष मिलेर नेपाली फुटबल अगाडि बढाउन आग्रह गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij