२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । स्मार्ट एरोविक्स म्हय्पि र भिसा एलायन्सको संयुक्त आयोजनामा सम्पन्न वृहत रक्तदान कार्यक्रमबाट २०४ पिण्ट रक्त संकलन भएको छ ।
काठमाडौं सोह्रखुट्टेस्थित पहिक्वः (फलफूल चोक) मा शनिबार सम्पन्न रक्तदान कार्यक्रम काठमाडौं प्याथल्याब र काठमाडौं मेट्रो ब्लड बैंकको सहकार्यमा सम्पन्न भएको हो ।
मसेल नेवः खल, गोरखा, लायन्स क्लव अफ काठमाडौं समाखुशी, लायन्स क्लव अफ काठमाडौं हेल्पिङ हर्टस् र फेन्सी व्यवसायी संघ नेपालको सहभागीतामा सम्पन्न रक्तदान कार्यक्रममा ब्लोदान काठमाडौं मध्य क्षेत्रको विशेष सहयोग रहेको थियो ।
आयोजक दुबै संस्थाले वार्षिक रुपमा संयुक्त रक्तदान कार्यक्रम गर्दै आइरहेकोमा यसपटक यही जेठ २ गते रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij