२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ का अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताएका छन् । सरकारले कानून अनुसारको मूल्य समायोजन सुविधा नदिएको, भुक्तानी रोकिएको तथा निर्माण व्यवसायीमाथि मानसिक दबाब बढाइएको भन्दै उनले निर्माण क्षेत्र स्वतः ठप्प हुने अवस्थामा पुगेको बताएका छन् ।
उनका अनुसार करिब ९० प्रतिशत ठेक्कामा सरकारी कर्मचारीहरूले कानुनमा रहेको प्रावधान हटाएर ठेक्का सम्झौता गर्ने गरेका छन् । अहिले आएर कानूनले सुनिश्चित गरेको मूल्य समायोजनको व्यवस्था पनि कार्यान्वयन नभएको उनले बताएका छन् । उनका अनुसार अहिले काम गर्दा घाटा मात्रै होइन, घरखेत नै गुम्ने स्थिति निर्माण व्यवसायीको छ । धेरै व्यवसायीहरुले काम गरेको भुक्तानीसमेत पाएका छैनन् ।
अध्यक्ष पाण्डेका अनुसार संकटग्रस्त निर्माण क्षेत्रका व्यवसायीलाई काम नगरे आयोजना प्रमुख, इन्जिनियरहरूले कालोसूचीमा राख्ने, कारबाही गर्ने र बैंक ग्यारेन्टी जफत गरिदिने धम्की दिइरहेका छन् । जसकारणले निर्माण व्यवसायीहरू गम्भीर मानसिक तनावमा छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij