Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

दुई महिला सशस्त्र प्रहरीले गरे सगरमाथाको सफल आरोहण

दुई महिला सशस्त्र प्रहरीले गरे सगरमाथाको सफल आरोहण


  • 2.4K
    Shares

    दुई महिला सशस्त्र प्रहरीले गरे सगरमाथाको सफल आरोहण
    images

    काठमाडौं । सशस्त्र प्रहरी बलका दुई महिला कर्मचारीले सगरमाथाको सफल आरोहण गरेका छन्। सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पा र सहायक हवल्दार अनिता कार्कीले आज बिहान सगरमाथाको सफल आरोहण गरेका हुन्। 

    सहायक हवल्दार कार्कीले आज बिहान १० बजेर २० मिनेटमा र सहायक निरीक्षक शेर्पाले बिहान ११ बजेर ५५ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्। 

    सशस्त्र प्रहरीको तर्फबाट सगरमाथा आरोहण गर्ने उनीहरू तेस्रो र चौथो सशस्त्र प्रहरी कर्मचारी हुन् भने महिलाहरूको यो पहिलो सफल आरोहण हो। 

    शेर्पा इलामको सन्दकपुर गाउँपालिकास्थित माबुमा जन्मिएकी हुन्। राष्ट्रियस्तरकी फेन्सिङ खेलाडीसमेत रहेकी कार्की रामेछाप गोकुलगंगा गाउँपालिका-१, चुचुरेमा जन्मिएको डीएसपी थापाले जानकारी दिएका छन्।   

     

    प्रकाशित मिति :जेठ ३ २०८३ आइतवार - १४:२१:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij