Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

रौतहटमा शिक्षक कुट्ने मेयरलाई कारबाही गर्न शिक्षक संगठनहरुको अल्टिमेटम

रौतहटमा शिक्षक कुट्ने मेयरलाई कारबाही गर्न शिक्षक संगठनहरुको अल्टिमेटम


  • 1.5K
    Shares

    रौतहटमा शिक्षक कुट्ने मेयरलाई कारबाही गर्न शिक्षक संगठनहरुको अल्टिमेटम
    images

    काठमाडौं । रौतहटको बौद्धिमाइ नगरपालिका वडा नम्बर ८ सरमुजवास्थित शंकर माध्यमिक बिद्यालयमा कार्यरत शिक्षक रामबाबु यादवलाइ कुटपिट गरेको प्रकरणमा शिक्षकहरू आन्दोलित भएका छन् ।

    विद्यालयमा पढाइरहेका बेला नगर शिक्षा संयोजक रमेश यादवले फोन गरेर नगरपालिकामा बोलाएको भन्दै नगरपालिका जाँदा नगर प्रमुख प्रदीप यादवले कार्यकक्षमै शिक्षकलाई कुटेका हुन् ।

    शिक्षक यादवले भदौको जेन्जी आन्दोलनको बेला फेसबुकमा हालेको एउटा स्ट्याटसको विषयलाई लिएर मेयर यादव, वडा नम्बर ८ का वडा अध्यक्ष बिन्देश्वर यादव र कार्यपालिका सदस्य सुनिल जैसवालको सहयोगमा निर्मम तरिकाले कुटपिट भएको बताएका छन् ।

    फेसबुकमा कुनै नगरपालिका, मेयर, वडाअध्यक्षको नाम नलेखी राखेको स्ट्याटसका कारण मेयर यादवले गालीगलौज गरी रस्सीले बाधेर कुटपिट गरेको उनले बताएका छन् । वैशाख २९ गते भएको घटनाको बिषयमा प्रहरीले कारबाही गर्न आनाकानी गरेपछि पीडितले सञ्चारकर्मीसँग पीडा पोखेर घटना सार्वजनिक भएको हो ।

    घटना सार्वजनिक भएपछि जिल्लाका शिक्षक संघ संगठनहरूले सामूहिक रुपमा विज्ञप्ति जारी गर्दै जेष्ठ ५ गते भित्र घटनामा संलग्न मेयर र वडा अध्यक्षलाई कारबाही नभए सडक संघर्षमा उत्रिने चेतावनी दिएका छन् ।

     

    प्रकाशित मिति :जेठ ३ २०८३ आइतवार - ११:४४:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij