Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

१९ लाख भन्दा बढीको अवैध सामानसहित दुई जना पक्राउ

१९ लाख भन्दा बढीको अवैध सामानसहित दुई जना पक्राउ


  • 1.1K
    Shares

    १९ लाख भन्दा बढीको अवैध सामानसहित दुई जना पक्राउ
    images

    काठमाडौं । सशस्त्र प्रहरीले सिराहा जिल्लाको नवराजपुर गाउँपालिका-५ देवनगरस्थित सीमा ईलाकाबाट शनिबार राति करिब १९ लाख ४७ हजार ३ सय रुपैयाँ बराबरको सामान र ट्रकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

    सोही ठाउँ बस्ने ५० वर्षीय राजेश यादव र ३९ वर्षीय आनन्द यादवलाई सिराहाबाट खटिएको गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।

    स १ ख ५३५ नम्बरको ट्रकमा राखेर नेपालबाट अवैध रूपले भारततर्फ लैजाँदै गरेको उल्लेखित मूल्य बराबरको कस्मेटिक सामान, टुथ पेस्ट, २ सय ६० केजी ओखरसहित ट्रक समेत विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएको हो । ट्रकको अन्दाजी मूल्य २१ लाख रहेको छ भने नियन्त्रणमा लिएकाहरू ट्रकका चालक र सहचालक हुन् ।

    नियन्त्रणमा लिईएका दुवै जनालाई नेपाल प्रहरीलाई बुझाइएको छ भने बरामद सामान भन्सार बुझाउने प्रक्रियामा रहेको छ ।

     

    प्रकाशित मिति :जेठ ३ २०८३ आइतवार - १०:५९:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij