Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

पर्सामा विश्व सडक सुरक्षा सप्ताहमा ट्राफिक सचेतना

पर्सामा विश्व सडक सुरक्षा सप्ताहमा ट्राफिक सचेतना


  • 666
    Shares

    पर्सामा विश्व सडक सुरक्षा सप्ताहमा ट्राफिक सचेतना
    images

    काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालयको अगुवाइमा विश्व सडक सुरक्षा सप्ताह २०२६ अन्तर्गत आज यहाँ जनचेतनामूलक कार्यक्रम गरिएको छ । सडक दुर्घटनालाई न्यूनीकरण गर्नका लागि आज वीरगञ्जको माईस्थान-घण्टाघर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम गरिएको हो ।  

    जिल्ला ट्राफिक कार्यालयका प्रमुख युवराज कटवालले सवारी दुर्घटनालाई न्यूनीकरण गर्दै साइकलयात्री तथा रिक्साचालकलाई लक्षित गरेर जनचेतनामूलक कार्यक्रम गरेको बताएका छन् ।

    “सवारी दुर्घटना परेर ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ । त्यसैले यस्ता जनचेतनामूलक कार्यक्रम गरेर सवारी दुर्घटना न्यूनीकरण गर्नेतर्फ लागिरहेका छौँ,” उनले भने, “कार्यालयले ट्राफिक जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेका छौँ । विद्यालय-विद्यालयमा पुगेर पनि ट्राफिक जनचेतना कार्यक्रम गर्दै आइरहेका छौँ ।”

    सो कार्यक्रममा वडा प्रहरी कार्यालय विर्ता–श्रीपुर र वीरगञ्ज युवा समाजको समन्वयमा सो सचेतनामूलक कार्यक्रम सहभागी भएका थिए ।

     

    प्रकाशित मिति :जेठ ३ २०८३ आइतवार - १०:२८:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij