२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । सशस्त्र प्रहरीले शनिबार कैलालीको गोदावरी नगरपालिका-११ ओलानीमा रूखमा अड्किएका एक जनाको सकुशल उद्धार गरेको छ।
सोही नगरपालिका बस्ने ७३ वर्षीय लालबहादुर सुनार घर नजिकै रहेको रूखमा स्याउला काट्न रूखमा चढेकामा उक्त रूखबाट तल झर्न नसकी रूखमा नै अड्किएका थिए।
उनी रूखमा अड्किएको सूचना प्राप्त भएपश्चात् सशस्त्र प्रहरी नं ७ वैद्यनाथ वाहिनीबाट खटिएको तालिम प्राप्त टोलीले सकुशल उद्धार गरेको सशस्त्र प्रहरीको सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij