Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

अमेरिकाविरुद्ध नेपालको जित, कुशल भुर्तेलको शानदार शतक

अमेरिकाविरुद्ध नेपालको जित, कुशल भुर्तेलको शानदार शतक


  • 771
    Shares

    अमेरिकाविरुद्ध नेपालको जित, कुशल भुर्तेलको शानदार शतक
    images

    काठमाडौं । कुशल भुर्तेलले शानदार शतक प्रहार गरेसँगै नेपालले अमेरिकालाई नौ विकेटले पराजित गरेको छ ।

    आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शनिबारको खेलमा अमेरिकाले दिएको १ सय ९६ रनको लक्ष्य नेपालले ३६ ओभर ४ बलमा केबल एक विकेट गुमाएर पुरा ग¥यो ।

    नेपालका ओपनर ब्याटर कुशल भुर्तेलले सर्वाधिक १२० रन बनाएर नट आउट रहे । ११८ बलको सामना गरेका उनले १३ चौका र ४ छक्का प्रहार गरे ।

    त्यसैगरी, आशिफ शेखले ७२ बलमा ५८ रनको योगदान दिए भने ईशान पाण्डेले ३० बलमा २० रन जोडे । अमेरिकाका मोहम्मद मोहशिनले एक विकेट लिए ।

    त्यसअघि कीतिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४३ ओभर ३ बलमा सबै विकेट गुमाएर १९५ रन बनायो ।

    प्रकाशित मिति :जेठ २ २०८३ शनिवार - १६:३१:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij